निर्वाचन आयोगले गर्‍यो अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

निर्वाचन आयोगले गर्‍यो अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय


२४ बैशाख २०८१, सोमबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।

राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । सोमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस