रास्वपाले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रास्वपाले बोलायो संसदीय दलको बैठक


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार बिहान ८ बजे सिंहदरवारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको एक नेताले जानकारी दिए । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेकोबताइएको छ ।

२ वैशाखमा सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग नेपाली कांग्रेसले उठाइरहेको छ । सत्ता पक्ष अघिल्लो संसद् बैठकमा संसदीय छानबिन समिति बनाउन तयार भएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस