एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । 

वैशाख २३ गते आयोजित विशेष कार्यक्रमका बिच वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर, वडा नं. ४ आदर्श नगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरू सुचारु गरेको हो ।  

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।  

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरूले अझ बृहत् र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रूपमा उपभोग गर्न सक्ने बताए ।   

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकको स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरू छन् ।  देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरू, १६४ ए.टी.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल 

सरकारको राजस्व संकलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस