नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले हिरासतमुक्त « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले हिरासतमुक्त


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले हिरासतमुक्त भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानतमा छाड्ने निर्णय गरेपछि हिरासतबाट मुक्त गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतले जानकारी दिएको छ ।

मानव बेचबिखनको आरोपमा फरार रहेकाहरूलाई खोजी गर्ने क्रममा उनलाई ब्युरोले २८ चैतमा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ

स्रोतका अनुसार, घलेविरुद्ध २०७३ सालमै मुद्दा दर्ता भइसकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस