पार्टी विभाजन भएपछि उपेन्द्र यादव काठमाडौँ फर्किँदै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पार्टी विभाजन भएपछि उपेन्द्र यादव काठमाडौँ फर्किँदै


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । पार्टी विभाजनको सूचना पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौँ फर्किँदै छन् । उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।

वर्तमान सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिनको कार्यक्रम थियो ।

उनी कतार अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका हुन् ।

सो सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौँ फर्किन लागेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष यादव आज राति ११ बजेपछि काठमाडौँ आइपुग्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस