अध्यक्ष नेपालले बोलाए संसदीय दलको बैठक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अध्यक्ष नेपालले बोलाए संसदीय दलको बैठक


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । एकीकृत समाजवादीका एक नेताले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने उनले जानकारी दिए । ‘परिस्थिति बदलिएको छ, त्यसबारे छलफल तथा निर्देशन हुन्छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस