२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो

अ+ अ-

पर्वत । पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा-रिडी सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।  

कास्कीको पोखरा महानगरपालिका–२३ भदौरे तामागीस्थित ठूलो भिरमा खोलिएको नयाँ ट्रयाकको शनिबार काम सकिएसँगै ट्रयाक खुलेको हो । ट्रयाक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको स्थान सेतीवेणीसम्म सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ । 

पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–उरामपोखरा–सेतीवेणी–रिडी पुग्ने सडक ५६ दशमलव २१८ किलोमिटर लामो छ । सडकको अधिकांश भागमा ट्रयाक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रसमेत गरेका छन् ।

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै रिडीसम्मको सडकलाई वैकल्पिक राष्ट्रिय राजमार्गको रूपमा आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत समेटिएको थियो । गत आवमा पनि सडक डिभिजन कार्यालय पोखरामार्फत रु दुई करोड बजेट विनियोजन भएर ट्रयाक खुलाउने काम भएको थियो । 

सडक डिभिजन कार्यालय पोखराका अनुसार यो सडक नालीसहित नौ मिटर चौडा हुनेछ भने सडकलाई पाँच मिटर चौडाइ मात्रै कालोपत्रे गरी दुवैतर्फ एक/एक मिटरको साइकल लेन बनाउने तयारी रहेको इन्जिनियर उज्ज्वल शर्माले बताए। यो सडकमा १० देखि २० मिटर लम्बाइका साना १४ पुल बनाउनुपर्ने छ भने दुईदेखि छ मिटरसम्मका ११ आरसिसी स्लाब बनाउनुपर्छ । सबै सडकमा ह्युमपाइप कल्र्भट दुई सय १४ छन् । पोखराबाट डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म  बन्ने भएकाले ठूला पुल तथा धेरै कल्र्भट नपर्ने हुँदा यो सडक तुलनात्मक रूपमा सस्तोसमेत पर्ने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । 

सेतीवेणीदेखि पोखरासम्म डाँडैडाँडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखराजस्ता धार्मिक र पर्यटकीय क्षेत्रसमेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रूपमा समेत विकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपूर्वी क्षेत्र जोड्ने सडक पर्वतको मेरुदण्डसमेत बन्ने छ । 

पर्वत जिल्लाका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहलाई प्रत्यक्ष लाभान्वित हुने यो सडक पोखराको पर्यटकीय क्षेत्र लेकसाइड, पञ्चासे, डहरे, घण्टे, सिरुबारी, महाशिला शिला क्षेत्र, चिसापानी, पैयुकोट, गाल्र्याङ, सेतिबेनी र रिडीजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र जोडिने भएका छन् । पोखराको लेकसाइडबाट साइकल चढेर गुल्मीको  रिडीसम्म प्राकृतिक मनोरम वातावरणमा रमाउँदै पुग्न सकिन्छ । यो सडकअन्तर्गत कास्कीको भदौरे तामागी, चित्रे, आर्थर, खुम, लाम्तुन, दुक्तान, देउराली, गेप्ताङमा रहेका होमस्टेको प्रवर्द्धनका साथै मौलिक संस्कृति, चालचलन, रीतिरिवाजको जगेर्ना गर्न समृद्ध ठूलो मद्दत पुग्ने राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । बहुआयामिक महत्वको यो सडकलाई पूर्णता दिनका लागि सङ्घीय सरकार र प्रदेश सरकारलाई निरन्तर आग्रह गरिरहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस