शंखपार्कमा पुरुषको शव फेला « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

शंखपार्कमा पुरुषको शव फेला


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेको छ ।

करिब ३५ वर्षका पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए ।

पार्कमा मृत भेटिएका पुरुषबारे प्रहरीले अनुसन्धान थालेको छ । शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस