ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । शनिवार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ । 

बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् । 

बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी सहरहरु प्रभावित भएका छन् । हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ । बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधहरूमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस