उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग्गिएका अशोक राईको निवेदन आयोगमा दर्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग्गिएका अशोक राईको निवेदन आयोगमा दर्ता


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाटी (जसपा)बाट अलग्गिएर उक्त पार्टीका वरिष्ठ नेता अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार जनता समाजवादी पार्टी मात्रै नाम राखेर सात जना सांसद एवं ३० जना केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहित आयोगमा निवेदन दर्ता भएको हो ।

आइतबार निर्वाचन आयोगमा पुगेर सात जना सांसद र ३० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेर नयाँ दल दर्ताका लागि निवेदन पेश गरेको एक नेताको दाबी छ ।

राजनीतिक दल दर्ता सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा दुई अनुसार कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको नमानिने उल्लेख छ।

जसपा नेपालसँग अहिले प्रतिनिधि सभामा १२ जना र राष्ट्रिय सभामा तीन जना सांसद रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस