७८ मिटर खनियो सिद्धार्थ राजमार्गमा निमार्णाधिन सिद्धबाबा टनेल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

७८ मिटर खनियो सिद्धार्थ राजमार्गमा निमार्णाधिन सिद्धबाबा टनेल


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । सिद्धार्थ राजमार्गमा निमार्णाधिन सिद्धबाबा टनेल ७८ मिटर खनिएको छ । मुख्य टनेलतर्फ कुल १ हजार १२६ मिटर सुरुङ खन्नुपर्ने छ । यसमध्ये २९ अप्रिलसम्म उत्तरतर्फबाट ३२.७ मिटर र दक्षिणतर्फबाट ४५.२ मिटर सुरुङ खनिसकिएको सिद्धबाबा सुरुङ परियोजनाले जनाएको छ । आयोजनाका अनुसार बाइपास प्रथम २३ मिटर, बाइपास दोस्रो १४ मिटर र बाइपास तेस्रो १२ मिटर खनिएको छ ।

यस आयोजनामा बाइपासहरू क्रमशः १५१, १६१ र १३० मिटर खन्ने योजना छ । स्लोप प्रोटेक्सनतर्फ साउथ पोर्टलमा कुल २३ सय मिटर स्क्वायरमा काम गर्नुपर्ने छ । यसमध्ये ९८९ मिटर क्वाटरको काम भइसकेको छ । आयोजनाका अनुसार यो आयोजनाको समग्र भौतिक प्रगति ११।३७ प्रतिशत पुगेको छ । वित्तीय प्रगति १७.५ प्रतिशत पुगेको छ ।

सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रूपमा सुरु भएको हो । यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ ।

यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङसहित बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ । पोखरासँग जोड्ने सुरुङमार्ग पुरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस