ललितपुरमा लागेको आगो नियन्त्रणमा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ललितपुरमा लागेको आगो नियन्त्रणमा


२३ बैशाख २०८१, आइतबार


आगलागी

काठमाडौँ । ललितपुरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ललितपुर महानगरपालिका-१७ स्थित एक टहरोमा लागेको आगो करिब ४५ मिनेटकै बीचमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुर प्रहरीले जानकारी दिएका छ । मोबिल स्टोर गरिएको टहरोमा लागेको आगो अन्यत्र फैलन नलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट घर भएका सञ्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरूको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस