आइपिएलमा पञ्जाब र चेन्नई तथा कोलकाता र लखनउ भिड्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आइपिएलमा पञ्जाब र चेन्नई तथा कोलकाता र लखनउ भिड्दै


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

उक्त खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । उक्त खेल राति ७ः४५ बजे लखनउस्थित अटल बिहारी वाजपेई (ईकाना) क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी सिजन यी दुवै टोलीले आफ्नो ११औँ खेल खेल्न लागेका हुन् ।

आइपिएलको १७औँ संस्करणमा कोलकाता र लखनउबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कोलकाताले यसअघि खेलिएको १० मध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

कोलकाता १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने लखनउले यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस