२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएलमा पञ्जाब र चेन्नई तथा कोलकाता र लखनउ भिड्दै

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

उक्त खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुनेछ । उक्त खेल राति ७ः४५ बजे लखनउस्थित अटल बिहारी वाजपेई (ईकाना) क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी सिजन यी दुवै टोलीले आफ्नो ११औँ खेल खेल्न लागेका हुन् ।

आइपिएलको १७औँ संस्करणमा कोलकाता र लखनउबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कोलकाताले यसअघि खेलिएको १० मध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

कोलकाता १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने लखनउले यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।