२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ : उद्योग मन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताएका छन् । 

अछामको कमलबजार नगरपालिका-६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवम् ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उनले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाइने बताए ।  सरकारले उत्पादन र रोजगारीवृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उनले उद्योग मन्त्रालयले उद्यमशीलतामा जोड दिएको बताए । मन्त्री भण्डारीले नेपालमा रहेका थुप्रै खनिज तथा खानी उत्खनन गर्न मन्त्रालयले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बर्ता । 

त्यसैगरी चालु आवमा पुँजीगत बजेट खर्च बढाउन नसक्दा त्यसले मुलुकलाई समृद्धिको लक्ष्यमा अगाडि बढाउन केही समस्या भएको उनको भनाइ थियो । “विविध कारणले पुँजीगत खर्च बढाउन सकिएको छैन । त्यसले समृद्धिको यात्रामा असर गरेको हामीले महसुस गरेका छौँ”, मन्त्री भण्डारीले भने,“आगामी दिनमा थप सुधार हुने अपेक्षासहित हामीले काम गरिरहेका छौँ ।”

सरकार न्यूनतम साझा कार्यक्रमको भावनाअनुसार अगाडि बढिरहेकाले पछिल्लो समय आर्थिक वृद्धिदरमा केही सकारात्मक सफलता देखा परेको पनि उनको भनाइ छ ।  आगामी आर्थिक वर्षलाई सम्भावनाको वर्षका रूपमा अगाडि बढाउन सरकारले निराशा चिरेर आशा जगाउने काम गर्ने र नेपाली माटोमै सम्भावनाको खोजी गर्नेसमेत उजले बताए । 

उनले भने, “तीन तहका सरकारको समन्वयमा स्वदेशी उत्पादनलाई जोड दिनुपर्छ र स्वदेशी वस्तु उपभोग गर्ने नीति अगाडि सार्नुपर्छ भन्नेमा काम भइरहेकाले सोसम्बन्धी नीति चाँडै ल्याउने छौँ ।”

मन्त्री भण्डारीले सुन्दरता र सम्भावनाले भरिपूर्ण सांस्कृतिक जिल्ला अछामको विकासमा उद्योग मन्त्रालयले विशेष ध्यान दिने पनि बताए। 

प्रतिक्रिया दिनुहोस