काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आम चुनाव अवलोकनका लागि भोलि भारत जाने भएका छन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त थपलियाको भारत भ्रमण स्वीकृत गरेको हो । भारतको निर्वाचन आयोगले आम चुनावको अवलोकनका लागि निम्तो गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलिया भोलि भारत गएर २७ गते स्वदेश फर्किनेछन् ।