३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ महिनामा कयौँ मानक कायम भएको प्रधानमन्त्रीको दाबी

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशको नेतृत्व सम्हालेपछि कयौँ मानक कायम भएको दाबी गरेका छन् । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको समुद्घाटन समारोहमा उनले १६ महिनामा धेरै परिणाम देख्ने गरी काम गरिरहेको दाबी गरेका हुन् ।

उनले भने, ‘मैले सरकारको नेतृत्व सम्हाल्दै गर्दाको अवस्था र १६ महिनापछिको अवस्थामा तुलना गर्दा देश र जनताको हितमा राम्रो काम गरेको छु, सरकारी संयन्त्रलाई पनि राम्रो कामको लागि मात्रै निर्देशित गर्नेछु । यस अवधिमा सरकारको कामबारे समीक्षा भएका छन् । गएको १६ महिनामा सुशासन र सामाजिक न्यायको दृष्टिले र देश बाहिर नेपालको प्रतिष्ठा बढाउने हिसाबले कयौँ मानकहरू कायम भएका छन् । तर, देश र जनताको आवश्यकता अनुसार पुगेको छैन भन्ने अनुभूत हुने गरेको छ ।’

उनले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएको बेलामा सरकारको नेतृत्व थाले पनि अहिले क्रमशः सुधार हुँदै आएको बताए । अहिले सबैभन्दा ठूलो समस्याको रूपमा देखा पारेको लघुवित्त र सहकारीको समस्या समाधान गर्नको लागि पनि प्रयास भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन काण्डमा भएको कारबाहीले राज्यको दुरुपयोगबाट भएको अपराध कर्मको भण्डाफोर हुँदै गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस