चलचित्र ‘मनसरा’ आजदेखि हलमा  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

चलचित्र ‘मनसरा’ आजदेखि हलमा 


२१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । चलचित्र ‘मनसरा’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई ठूला मल्टिप्लेक्स चेनले उच्च शो दिएका छन् । 

फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ । जसमा काठमाडौँमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएका छन् । त्यस्तै वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।

शैलेन्द्रध्वज कार्कीले निर्माण गरेको फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् । फिल्मका फिल्मका छायांकार पनि कार्की नै हुन् ।

फिल्ममा विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह निर्माता छन् ।

निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । फिल्म एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ । 

Tags :
प्रतिक्रिया दिनुहोस