वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहितले बनाए अर्धशतक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

वेस्ट इन्डिज ‘ए’विरुद्ध रोहितले बनाए अर्धशतक


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध लगातार तेस्रो खेलमा अर्धशतक पूरा गरेका छन् । जारी शृङ्खलाको चौथो खेलमा २१० रनको लक्ष्य पछ्याइएको नेपालका लागि कप्तान रोहितले अर्धशतक पूरा गरेका हुन् ।

शृंखलाअन्तर्गत पहिलो खेलमा एक सय १२ रन जोडेका उनले दोस्रो खेलमा ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने उनले खेलेका थिएनन् ।

कीर्तिपुर मैदानमा अहिले भइरहेको खेलमा नेपालका कुशल भुर्तेल १, कुशल मल्ल ४ र सन्दीप जोरा १९ रन जोडेर आउट भए। आसिफ शेखले खाता खोल्न सकेनन्। तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले चौथो विकेटका लागि सन्दीपसँग ४० रनको साझेदारी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस