दुई महिनामा हिमाल आरोहणबाट सङ्कलन भयो ६३ करोड ५७ लाख राजस्व « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दुई महिनामा हिमाल आरोहणबाट सङ्कलन भयो ६३ करोड ५७ लाख राजस्व


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । यस महिना मात्र हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर अर्थात् आरोहण शुल्क बापत उक्त रकम सङ्कलन भएको जनाएको छ ।

मार्च १ देखि अप्रिल २९ गतेसम्म यो राजश्व जम्मा भएको विभागले जनाएको छ । यी मध्ये सबै भन्दा धेरै ५५ करोड ८५ लाख ४४ हजार ४४९ रुपियाँ राजस्व सगरमाथा हिमालबाट मात्र सङ्कलन भएको छ ।

यो अवधिभर १०२ वटा आरोहण दलबाट ९१५ जना आरोहीले हिमाल आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस