भाजपाको चुनावी रणनीति बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु दिल्लीमा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भाजपाको चुनावी रणनीति बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु दिल्लीमा


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले अपनाउने चुनावी रणनीतिबारे बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु नयाँदिल्ली गएका छन् ।

भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरु नयाँदिल्ली गएका हुन् । काँग्रेसका उदयशम्शेर राणा, एमालेका विष्णु रिमाल, माओवादी केन्द्रका मातृका यादव, रास्वपाका शिशिर खनाल दिल्ली गएका छन् ।

१ मेदेखि सुरु हुने कार्यक्रमका लागि भाजपाले नेपालसहित १० देशका १८ राजनीतिक दलका नेताहरुलाई भाजपाले निम्तो दिएको थियो । अस्ट्रेलिया, भियतनाम, बङ्गलादेश, इजरायल, युगान्डा, तान्जानिया, रुस, श्रीलङ्का र मोरिससका राजनीतिक दलका नेताहरुलाई भाजपाले निम्तो दिएको थियो ।

उनीहरुले १ मेमा भाजपाका अध्यक्ष जेपी नड्डासँग भाजपाको केन्द्रीय कार्यालयमा भेटवार्ता गरेका छन् । उनीहरुले भारतीय विदेशमन्त्री एस जयशंकर र रेलवे मिनिष्टर अश्विनी वैष्णवलाई भेटेर चुनावी रणनीति र समग्री चुनावी परिक्रियाबारे छलफल गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस