२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप टोलीमा फर्किए डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्त

अ+ अ-

दिल्ली । १६ महिनाअघि डरलाग्दो कार दुर्घटनामा परेका ऋषभ पन्तलाई समेट्दै भारतले मंगलबार ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि अन्तिम टोली घोषणा गरेको छ । पन्तसहित १५ सदस्यीय खेलाडीले जुन १ बाट अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा भारतीय टोलीमा स्थान बनाएका छन् ।

उच्चस्तरको क्रिकेटमा फर्किएयता २६ वर्षे पन्तले राम्रो प्रभाव पारेका छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ खेलमा ३ सय ९८ रन बनाइसकेका छन् । भेट्रान विकेटकिपर केएल राहुलको स्थानमा पन्तलाई ल्याइएको हो । रोहित शर्माको कप्तानीमा रहने भारतीय टोलीमा उच्च दबाबमा रहेका हार्दिक पाण्ड्ये उपकप्तान रहेका छन् ।

सन् २०२२ को डिसेम्बरमा दिल्ली नजिकै ठूलो दुर्घटनामा परेर बाँचेपछि पन्तले त्यसलाई ‘कुनै चमत्कारभन्दा कम नभएको’ बताएका थिए । उनको मर्सिडिज कार रेलिङमा ठोक्किएर पल्दिँदा आगो लागेको थियो । प्रत्यक्षदर्शीले पन्तलाई कारबाट निकालेर उद्धार गरेका थिए ।

उक्त कार दुर्घटनाका कारण उनको दाहिने घुँडाको लिगामेन्ट खराब भएको थियो भने नाडी, एङ्कल र ढाडमा चोट लागेको थियो ।

बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा उनी रिहाबिटेसनका लागि वैशाखी टेकेर नै पुगेका थिए । गत वर्ष उनको अनुपस्थितिमा अस्ट्रेलियाका ओपनर डेविड वार्नरले आइपिएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेका थिए । यसै सिजन मैदान फर्किएका पन्तले नै अहिले दिल्लीको नेतृत्व गरिरहेका छन् ।

कार दुर्घटनापछिको पहिलो खेलमै उनले ३२ बलमा ५१ रन बनाएपछि उनलाई दर्शकले उठेर न्यानो अभिवादन गरेका थिए । सन् २०१७ मा ‘डेब्यु’ गरेयता पन्तले भारतबाट टेस्ट, एक दिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा गरी १ सय २९ खेल खेलिसकेका छन् ।

भारतको विश्वकप टोलीको ब्याटिङ विराट कोहली र सूर्यकुमार यादवको जिम्मेवारीमा हुनेछ । ओपनर शुभमन गिललाई चार वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ । एक दिवसीय विश्वकपमा चोटग्रस्त हार्दिक पाण्ड्ये त्यसपछि भारतीय टोलीमा फर्किएका हुन् । आइपिएलमा गुजरात टाइटन्स छाडेर रोहित शर्माको स्थानमा मुम्बईको कप्तान भएयता उनी विवादले घेरिएका छन् । भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्ये (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, शिभम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजभेन्द्र चाहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज छन्।