स्वदेश फिर्किए प्रहरी महानिरीक्षक कुँवर « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

स्वदेश फिर्किए प्रहरी महानिरीक्षक कुँवर


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर स्वदेश फिर्ता भएका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा ११ वैशाखदेखि १३ सम्म सञ्चालन भएको ‘१९औँ हेड अफ एनसीबी कन्फरेन्स’ मा सहभागी कुँवर बुधबार स्वदेश फिर्ता भएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

कन्फरेन्समा मुख्यगरी अन्तर्राष्ट्रिय सङ्गठित अपराधका बारेमा छलफल भएको थियो । अन्तराष्ट्रियस्तमा हुने अपराध नियन्त्रणमा इन्टरपोलका १९६ वटै सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू र इन्टरपोल महासचिव तथा पदाधिकारीबीच छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस