इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख कृष्ण मूर्तिमा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख कृष्ण मूर्तिमा


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । इन्डोनेसियाको नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आइजिपी कृष्ण मूर्ति नेपाल भ्रमणमा आएका छन् ।

डिभिजन प्रमुख आइजिपी मूर्ति पाँच दिने भ्रमणका लागि ६ सदस्यीय टोलीसहित नेपाल आएका हुन् । आइजिपी मूर्तिको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक जनकराज भट्टराई लगायतले स्वागत गरेका थिए ।

भ्रमणको क्रममा आइजिपी मूर्तिसहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम छ ।

मूर्तिको टोली विशेष गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा छलफलका लागि आएको नेपाल प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस