दीपेन्द्रको कप्तानीमा वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

दीपेन्द्रको कप्तानीमा वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् । यो खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको छ ।

नेपाली टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, गुलशन झा, कमलसिंह ऐरी, करण केसी, विवेक यादव, सागर ढकाल, लोकेश बम, आरिफ शेख छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस