रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक


१९ बैशाख २०८१, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ वैशाखमा संसदीय दलको बैठक बोलाइएको छ ।

इलाम-२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दै छ । पार्टी बैठकमा सरकारमा सहभागिता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ । पार्टी बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस