२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र संघीय आवासीय संयोजकले भनिन्-दिगो विकासको लागि नेपालसँगको साझेदारी निरन्तर

अ+ अ-

काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले नेपालमा दिगो लगानीको प्रवाह बढाउन मद्दत जारी राख्ने बताएकी छन् ।

आइतबार सुरु तेस्रो नेपाल लगानी सम्मेलनमा सम्बोधन गर्दै हानाले संयुक्त राष्ट्र स्रघ नेपालको आर्थिक विकासमा साथ दिइरहेको भन्दै बाँकी विश्वले पनि साथ दिनु पर्ने बताएकी हुन् । 

‘संयुक्त राष्ट्र संघ नेपाली जनताको साथमा छ र विश्वले पनि साथ दिनुपर्छ’, उनले भनिन्, ‘सन् २०२६ मा नेपालले एलडीसी ग्र्याजुएसनको तयारी गरिरहेको बेला हामीले लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरूसँग देशमा दिगो लगानीको प्रवाह बढाउन मद्दत जारी राख्नेछौँ । साथै, हामी दिगो, समावेशी र हरित अर्थतन्त्रको दृष्टिले बलियो व्यावसायिक इकोसिस्टमको विकासलाई पनि समर्थन जारी राख्नेछौँ ।’

उनले नेपालले नयाँ मिश्रित वित्तीय दृष्टिकोणहरू अन्वेषण गरेर निजी क्षेत्रलाई आकर्षण गर्न सक्ने बताइन् । साथै, विकास प्रभावलाई बढाउन र सार्वजनिक क्षेत्रलाई जोखिम तथा पुरस्कारलाई निष्पक्ष बाँडफाँड गर्ने अवसर पनि सिर्जना गर्ने बताइन् । यसले सार्वजनिक र निजी अर्थतन्त्रसँगै उच्च जोखिम र कम प्रतिफल प्राप्त हुने महत्वपूर्ण क्षेत्रहरूमा निजी लगानी बढाउन मद्दत गर्ने उनको भनाइ थियो ।

उनले नेपालका लागि विशेष गरी शान्ति र समृद्धिका लागि पिपुल्स, प्लानेट, पार्टनरसिपमा जोड दिने बताइन् ।

नेपालमा जनसङ्ख्याको करिब ४१ प्रतिशत नेपाली १६ देखि ४० वर्षको उमेरका तन, मन, ऊर्जा र अनुभवले खारिएका युवाहरूबाट ठूलो लाभ लिन सक्ने बताइन् । यस जनसाङ्ख्यिक लाभांशबाट नेपालले स्वास्थ्य, शिक्षा, फ्रन्टियर टेक्नोलोजी र डिजिटल रूपान्तरणमा लगानी बढाउनु भएको बताइन् ।

उनले यो सम्भावनालाई सुनिश्चित गर्न महिला, युवती र सीमान्तकृत समुदायमा अझ बढी लगानी गर्नुपर्ने र विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा उनीहरूको पहुँच बढाउनु पर्ने बताइन् । यसले व्यापार र रोजगारीका अवसरहरूमा उनीहरूलाई आइपर्ने अवरोधहरू हटाउन पनि सहयोग गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस