काठमाडौँ । दक्षिण कोरियाले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकलाई कार्यक्षेत्र परिवर्तनको मौका दिएको छ
ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनाका अनुसार कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली युवाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने कोरियाले अवसर दिने भएको हो ।
दक्षिण कोरियाले दिएको उक्त अवसर सदुपयोग गर्न चाहनेले आफूले चाहने सेवा क्षेत्रमा आवेदन दिन ईपीएस शाखाले भनेको छ ।

