भारत: पटनाको होटलमा आगलागीमा ६ जनाको मृत्यु, कैयौं घाइतेको उपचार हुँदै  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भारत: पटनाको होटलमा आगलागीमा ६ जनाको मृत्यु, कैयौं घाइतेको उपचार हुँदै 


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । भारत, पटनाको एक रेलवे स्टेशन नजिकै रहेको होटलमा आज बिहान भएको भीषण आगलागीमा परी तीन महिलासहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पटना रेलवे जंक्शन नजिकैको होटेलमा बिहान ११ बजेतिर आगलागी भएको ठाउँमा २० भन्दा बढी मानिस फसेका थिए । अहिले उद्धार कार्य सकिएको पटनाका एसपी चन्द्रप्रकाशले जानकारी दिएका छन् ।

मृतकमा तीन जना महिला पनि छन् । साथै, आगोले जलेर गम्भीर घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।मृतक र गम्भीर घाइतेहरूको परिचय खुल्ने प्रयास भइरहेको र उनीहरूका परिवारलाई जानकारी गराउन प्रहरीले प्रयास गरिरहेको बताइएको छ ।आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लगाउन नसकिएको र फरेन्सिक विशेषज्ञहरू बोलाइएका छन् । 

यसैबीच, जिल्ला मजिस्ट्रेट शिरसट कपिल अशोकले सबै होटेल र अन्य व्यावसायिक प्रतिष्ठानहरूको फायर अडिट गर्न आदेश दिइएका छन् । विशेष गरी पटना जंक्शन नजिकैको जस्तै भीडभाड भएको इलाकामा अवस्थित व्यावसायिक केन्द्रहरूमा अग्नी नियन्त्रणको लागि कुनै पूर्व तयारी भए नभएको निरीक्षण गर्न उनले आदेश दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस