२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा ३.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

अ+ अ-

काठमाडौँ । लगातार ओह्रालो लागेको सेयर बजारले बुधबार सकारात्मक संकेत गरेको थियो । तर, साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचकसँगै कारोबार रकम पुनः घटेको छ । नेप्से परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा  रह्यो ।

१३ मध्ये फाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बढे पनि ८ उपसमूह घटेका छन् । ३.१३ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरी भए पनि परिसूचक र कारोबारमा अन्य उपसमूहका कम्पनीहरूको सेयर मूल्य घटेको असर परेको देखिएको छ । 

६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको थियो । सरकार लगानी सम्मेलनको तयारीमा रहेका बेला बजारमा सेयर लगानीकर्ता भने निराश रहेको संकेत कारोबारले गरेको छ । 

आज १४९ कम्पनीको सेयर मूल्य घटेको छ । ८८ कम्पनीको बढेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । पोखरा फाइनान्स सेयर मूल्यको बढोत्तरी र कारोबार रकममा अगाडि बढेको छ । 

सेयर मूल्य ७.८९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । उक्त कम्पनीको ११ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सेयर मूल्य प्रति कित्ता ६ सय १० रुपैयाँ पुगेको छ । यस्तै सेयर मूल्य सर्किटस्तरमा बढेको मल्टिपर्पोज फाइनान्सको ९ करोड ४० लाखको सेयर किनबेच भएको छ । 

यस्तै पिपुल्स पावरको ८ करोड ५९ लाख, गोर्खाज फाइनान्सको ८ करोड ६ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच आज सेयर मूल्य घटेका कम्पनीमध्ये शीर्ष ५ मा सबैको लघुवित्त,माईखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्त छन् ।

प्रतिक्रिया दिनुहोस