सुहाङले चुनाव जितिसके, इलामबाट फेरि वाम एकताको सन्देश दिन्छौँ : हरिबोल गजुरेल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सुहाङले चुनाव जितिसके, इलामबाट फेरि वाम एकताको सन्देश दिन्छौँ : हरिबोल गजुरेल


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ नेम्बाङलाई इलामबाट जिताउनु पर्ने बताएका छन् ।

नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए ।

उनले २०७४ को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पीडाहरू भएको बताए ।

उनले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै वामपन्थीहरूको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताए । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै सहाङ नेम्बाङको जीत भइसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस