आधा दर्जन उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, हेर्नुस् को कहाँ ? « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आधा दर्जन उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, हेर्नुस् को कहाँ ?


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । ६ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ भने जनकपुरका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीलाई कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ । यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव राजमणि निरौलालाई कटारी नगरपालिका, उदयपुरको प्रमुख प्रशासकीय अधिकृत, राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  महेन्द्र जङ्ग शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कर्णाली प्रदेशमा सरुवा गरेको छ । 

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव दशरथ बुढालाई राजापुर नगरपालिका, बर्दिया र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव केशव प्रसाद उपाध्यायलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको सिंहदरवार विशेष ब्युरोलाई स्रोतले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस