१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सेनामा भर्ती भएका आफन्त भन्छन् : नेपालको कूटनीतिक पहल नै कमजोर लाग्यो

अ+ अ-

काठमाडौँ। रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन् ।

शुक्रबारदेखि काठमाडौँको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरूले सोमबार पनि बालुवाटारस्थित रुसी राजदूतावास कार्यालय अगाडि अनशन बसेर उद्धारका लागि दबाब बढाएका हुन् ।

उनीहरूले सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्याङ्क सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित उपचार, युक्रेनको कब्जामा रहेका पाँच नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउन व्यवस्थालगायतका विभिन्न १३ बुँदे माग राखेका छन् ।

चार दिनदेखि आमरण अनशनमा बसेकी पीडित कृतु भण्डारीले आफूहरू अनशन बसेको चार दिन भइसेक्दा पनि सरकारले बेवास्ता गरेको बताइन् । उनले भनिन्,‘आजभन्दा चार दिन अगाडिदेखि हामी आमरण अनशनमा छौँ । म लगायत तीन जना अनशनमा छौँ । अन्यपनि रिले अनशनमा हुनुहुन्छ । आज चौंथो दिनसम्म कसैले प्रतिक्रिया दिइएको छैन् । सरकारले यो सूचना पाएको छ वा छैन् थाहा छैन् । तर हामीमाथि पूरै बेवास्ता भएको छ ।’

उनले युद्धग्रस्त क्षेत्रमा अवसरको खोजी गरेर गएका नेपालीहरूको उद्धार तथा जीवनरक्षा गर्नु सरकारका दायित्व रहेको भन्दै आफूहरुको माग सम्बोधनको लागि आग्रह गरिन । ‘नेपालमा बस्ने वातावरण सृजना नहुँदा हाम्रा आफन्तले युद्धग्रस्त क्षेत्र रोज्न बाध्य भएका हुन् । जसरी गएको भएतापनि उहाँहरू नेपाली नागरिक हुनुहुन्छ । उहाँहरुको जीवनरक्षा गर्ने सरकारको न्यूनतम दायित्व हो । सरकारले उद्धार, मृतकको शव नेपाल ल्याइदिनुपर्‍यो । युद्धमा घाइते नेपालीको उचित उपचार हुनुप¥यो भन्ने अपिल गर्छु,’ उनले भनिन् ।

त्यस्तै आमरण अनशनमा रहेकी अर्की पीडित चिरानी घर्तीको पनि गुनासो उस्तै छ । अनशन बसेको चार दिनसम्म पनि सबै निकायलाई जानकारी भएको तर कतैबाट सुनुवाइ नभएको उनी बताउँछिन् । उनले माग पुरा नभएसम्म सडकमै बस्ने जिकिर गरिन् ।

उनले भनिन्,‘अनशन बसेको चार दिन भयो हरेक निकायमा धाइसक्यौँ तर हाम्रो कुरा कसैले सुनेको जस्तो लागेन । हाम्रो माग पूरा नभएसम्म हामी सडकमै बस्छौँ । हाम्रा नेपालीलाई फर्काउनु पर्‍यो सरकारलाई यही भन्न चाहन्छु ।’

त्यसैगरी अर्का पीडित कपिल रुम्बाले नेपालको कुटनीतिक पहल नै कमजोर रहेको आशङ्का व्यक्त गरे । सबै ठाउँमा निवेदन दिएको र प्रभावकारी रुपमा कसैलेपनि माग सम्बोधन गर्न अगाडि नबढाएको उनले बताए । उनले भने,‘परराष्ट्रदेखि सबै ठाउँमा निवेदन दिएको छौँ । खासै प्रभावकारी रुपमा उहाँहरू अगाडि बढेको जस्तो लागेन । कूटनीतिक पहल नै कमजोर जस्तो लाग्यो ।’ आन्दोलनकारीले विगत दुई महिनादेखि आवाज उठाउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस