हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउने प्रधानमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउने प्रधानमन्त्रीको प्रतिबद्धता


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख  व्यक्त गर्दै बन्धक बनाइएका नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन पहल भइरहेको जानकारी दिएका हुन्।

अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणपछि हमासले नेपालका विपिन जोशीलाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।

प्रधानमन्त्री ‘प्रचण्ड’ले मृत्यु भएकाहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन  सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकताका साथ निर्वाह गरेको पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस