पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : रास्वपा नेता लिम्बू « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : रास्वपा नेता लिम्बू


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम-२ का उम्मेदवार मिलन लिम्बूले आफू भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी भएको बताएका छन् । माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अन्य दलका नेताहरूले जस्तो आफू भ्रष्टाचार नगर्ने जिकिर गरे।

उनले भने, ‘म विगतमा जस्तो अरू दलका नेताहरूले जस्तो भ्रष्टाचार गर्नेवाला छैन । हाम्रा साना साना आयोजनामा भ्रष्टाचार गर्ने छैन । हामी भ्रष्टहरूलाई लखेट्नुपर्छ र सुशासन कायम गर्नुपर्छ भन्ने अभियानमा तपाईँहरूले साथ दिनुहुन्छ भन्ने विश्वास व्यक्ति गरेर आएको छु । भ्रष्टाचारविरुद्ध अभियानमा हामी लागेनौँ भने यहाँबाट तपाईँका सन्ततिहरू पलायन हुनुपर्छ । त्यसैले म सुशासनको अभियानमा लागेको छु । हाम्रो पार्टी नेतृत्व पनि यही हुनुहुन्छ त्यसैले कसले गर्छ कसले गर्दैन भन्ने चिन्नुभएकै छ । हाम्रो पार्टीले गरेको काम सबैले थाहा पाइसक्नुभएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस