१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा थपियो मन्त्रालय

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन खोजेको नेकपा एसलाई फकाउन मन्त्रालय थपेरै मन्त्री नियुक्त गरिएको छ । प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेका थिए । मुख्यमन्त्रीसहित ३ मन्त्री चैत २५ गते शपथ खाएका थिए ।

बिहीबार बिहान ६ जना विना विभागीय मन्त्री नियुक्त गरेको केही समयपछि मन्त्रालय थपेर मुख्यमन्त्री महराले एक सांसद रहेको नेकपा एसलाई भाग पुराएका हुन् । नेकपा एसले सहमतिअनुसार सरकार अघि नबढेको भन्दै असन्तुष्टि जनाएर मुख्यमन्त्रीको शपथमा समेत सहभागिता जनाएको थिएन ।

बिहीबार मुख्यमन्त्री महराले ६ जनालाई विना विभागीय मन्त्रीमा नियुक्त गर्दै यसअघि नियुक्त भएका तीन जना विना विभागीय मन्त्रीलाई विभागीय जिम्मेवारी दिइसकेपछि नेकपा एसको असन्तुष्टि मिलाउन सांसद भगवती घिमिरेलाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री कार्यालयको पहिलो विज्ञप्तिमा घिमिरेको नाम समावेश थिएन भने दोस्रो विज्ञप्तिमा ११ औँ नम्बरमा उनको नाम समावेश गरेर सार्वजनिक गरिएको हो । बिहीबारै जसपा, नेकपा एस र नाउपा बसेर सरकारलाई साथ नदिने घोषणा गरेका थिए ।

बिहीबार एमालेका चेतनारायण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय, नेकपा माओवादी केन्द्रका दीपेन्द्रकुमार पुनले स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरले कृषि तथा व्यवस्था भूमि मन्त्रालयको जिम्मा पाएका छन् भने अन्य ७ जना विना विभागीय मन्त्री बनेका छन् ।

बिहीबार एमालेका दिनेश पन्थी, खड्क बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भूमेश्वर ढकाल र रत्नबहादुर खत्री बिना विभागीय मन्त्री बनेका हुन् ।

पछिल्लो सूची अनुसार लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ। प्रदेश सरकारका प्रवक्ता एवम् स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले समाजवादीसँग छलफल चलेको तर फाइनल नभएका कारण नराखिएको र पछि कुरा मिलेपछि थप गरिएको जानकारी दिए।

पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्री बनेका थिए।

त्यो समयमा जसपाका २, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई मन्त्री बनाउने लिखित सहमति भएको थियो त्यो सहमतिपछि पुनः समर्थनमा थपिएको नाउपालाई समेत मिलाउँदा समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस