२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साना दोकान बन्द गरौँ, काँग्रेस-एमाले मिलौँ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।

समुदायमा काँग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले त्यस्तो बताएका हुन् ।

‘पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’ उनले भने। थापाले नेपाली काँग्रेसले आगामी एक वर्ष सम्म सरकारमा जान नहुने बताए ।

‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटार तिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए ।

‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली काँग्रेसले त गर्दै गर्दैन । अब नेकपा एमालेले पनि गर्दैन ’ उनले भने, ‘अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि काँग्रेस र एमाले मिल्नु पर्छ । ’

गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए ।

‘हाम्रो सदस्यता वितरणबाटै गुटबन्दी सुरु हुन्छ, ’उनले भने, ‘काँग्रेसको सदस्य बन्न कसैलाई रोक्नु हुँदैन ।’सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक रहेको थापाले जोड दिए ।

पूर्वी नेपालबाट सुरु भएको समुदायका काँग्रेस अभियान कञ्चनपुरमा आज सकिँदै छ । कञ्चनपुर पुग्नु अघि धनगढीमा आयोजना गरी यहाँबाट फर्किएपछि रिपोर्ट तयार गर्ने बजेट बनाउँदा पहल गर्ने थापाले बताए । उनले पार्टीको एजेन्डा विकास र सुशासन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस