इलाममा मदिरा बिक्री-वितरणमा रोक « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

इलाममा मदिरा बिक्री-वितरणमा रोक


१ बैशाख २०८१, शनिबार


मंगलबारे । इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री-वितरणमा प्रतिबन्ध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुन्जेलसम्म मदिरा बिक्री-वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति-सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री-वितरण एवं सेवन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री-वितरण गरेको पाइएमा कानुनानुसार कारबाही गरिने जनाएको छ ।

यस कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले सम्पूर्णमा आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस