कर छलेर ल्याइएका छ लाखका सामान बरामद « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कर छलेर ल्याइएका छ लाखका सामान बरामद


१ बैशाख २०८१, शनिबार


गाईघाट, (उदयपुर) । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका रु छ लाख मूल्य बराबरका सामान  बरामद गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजनिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो ।   

बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मुसुरो दाल आठ बोरा चिनीलगायत छन् ।  ती सामग्री  सुनसरीस्थित आन्तरिक राजस्व कार्यालय पठाइएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस