एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई


१ बैशाख २०८१, शनिबार


खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न आठौं जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो।

अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दंगालले एक सय ८७ मत पाएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए।

दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका-१४ बुइपा निवासी राई सातौं जिल्ला अधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए।

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन्। पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन्। समावेशी उपसचिवमा कविता राई विजयी हुँदा आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिए।

यसैगरी, एक जना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भएका छन्। दलित कोटामा चार जनाको प्रतिस्पर्धा भएको थियो। दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भइन्। उक्त कोटामा तीन जनाको प्रतिस्पर्धा भएको थियो।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा विष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएका छन्। खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन्। पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस