आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


१ बैशाख २०८१, शनिबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ । 

आज बिहान कोशी, बागमती र मधेस  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ। 

आज दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस