काठमाडौँ । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता हरिबहादुर चुमानले जानकारी दिए ।
यसअघि अघिल्लो साल पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए । यसपटक सत्ता सङ्कटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गराएका हुन् ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले जानकारी दिए ।