१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित विमला घिमिरेको राजनीतिक पृष्ठभूमि

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी घिमिरेले ३९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । प्रतिस्पर्धी नेपाली काँग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गरिन् ।

घिमिरेको पारिवारिक पृष्ठभूमि
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेको जन्म साविकको ढिकुरा गाविस वडा नं.७ हालको भूमिका स्थान वडा नं. २ ढिकुरा अर्घाखाँचीमा आमा रूपकला घिमिरे र बुबा दिन प्रसाद घिमिरेको पहिलो सन्तानको रूपमा २०२९ साउन १२ गते भएको हो । २०४० सालमा अर्घाखाँचीबाट कपिलवस्तुको साबिकको कोपवा गाविसमा बसाइँ सराई गरेकी घिमिरेले आधारभूत अर्घाखाँची जिल्ला शारदा उच्च मावि र माविको अध्ययन बाँणगंगा मावि गजेहडा कपिलवस्तुबाट पुरा गरिन् ।
२०४९ सालमा साबिकको मोतीपुर वडा नं. ८ र हालको वाणगंगा नगरपालिकाको वडा नं ८ निवासी दुर्गाप्रसाद आचार्यसँग उनको प्रगतिशील विवाह भएको भयो । घिमिरेको परिवार हाल अस्थायी रूपमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ संखमुलमा बस्दै आएको छ ।

राजनैतिक पृष्ठभूमि तः
घिमिरेले २०४७ साल वैशाखमा अखिल नेपाल महिला संघ कोपवा गाउँ समिति सहसचिवबाट राजनैतिक र सांगठनिक यात्राको सुरुवात गरेकी हुन् । २०४८ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी सदस्य बनेकी घिमिरे २०४८ सालमा अनेमसघं कपिलवस्तु जिल्ला तदर्थ समितिमा सचिव बनिन् ।

२०४८ साल माघमा सम्पन्न अनेमसंघ कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा सचिवमा निर्वाचित हुँदै २०५१ सालसम्म कार्यरत रहेकी उनी २०५१ देखि २०५३ सम्म नेकपा (एमाले) मोतीपुर गाउँ समितिको सचिव बनिन् । २०४९ मा सम्पन्न पार्टीको पाँचौँ महाधिवेशनमा प्रतिनिधि बनेकी उनी २०४९ देखि २०५९ सम्म पार्टीको इलाका कमिटी सदस्य रहिन् ।

२०५४ सालमा पुनः अनेमसघं जिल्ला सचिव भई २०६२ सम्म जिम्मेवारी सम्हालेकी घिमिरे २०५९ सालमा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य बनिन् । २०६९ देखि २०७९ सम्म अनेमसंघ केन्द्रीय कमिटी सदस्य, २०७१ मा नेकपा एमालेको नवौँ महाधिवेशनमा केन्द्रीय कमिटी उम्मेदवार भई झिनो मतले पराजित, पार्टी केन्द्रीय स्कुल विभागमा मनोनीत भइन् ।

नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका बिचमा पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी सदस्य, २०७८सालमा सम्पन्न पार्टीको १० औ महाधिवेशनमा केन्द्रीय कमिटीमा निर्वाचित भई हाल पोलिटब्युरो सदस्यको भूमिकामा छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको प्रमुखमा उम्मेदवारी र झिनो मतान्तरले पराजित भएकी उनी २०७६ देखि हालसम्म लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित छन् ।

प्रतिक्रिया दिनुहोस