सांसद यादवले भने-सभामुख घिमिरेको त्रुटिले संसद् बैठक चल्न सकेन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सांसद यादवले भने-सभामुख घिमिरेको त्रुटिले संसद् बैठक चल्न सकेन 


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सभामुख देवराज घिमिरेको त्रुटिका कारण प्रतिनिधि सभाको मंगलबारको बैठक चल्न नसकेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संसद् भवनमा सांसद यादवले संसद् बैठकमा सभामुख घिमिरेले त्रुटि गरेको बताए । उनले संसदमा विपक्षीहरूको कुरा सुन्ने वातावरण बनाउनुपर्ने भन्दै विपक्षी बोलिसकेपछि सत्ता पक्षका सांसदलाई बोल्न दिनुले वातावरण बिथोलिएको बताए । संसद्को गरिमा घटाउने काम सभामुखबाटै भएको पनि यादवले बताए ।

जबाफदेहिता सत्ताबाट हुनुपर्ने सांसद यादवको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस