२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीले भने-आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौँ 

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूविरुद्ध ठाडो उजुरी परेको जिकिर गर्दै लामिछानेले त्यस्तो उजुरीका भरमा राजीनामा दिने हो भने सर्वदलीय सहमति गर्नुपर्ने बताए ।

उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न काँग्रेस तयार हुनुपर्ने बताएका छन् । काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मङ्गलवार संघीय संसद् भवनमा उजुरी पर्दैमा छानबिन गर्ने कुरा संसदीय मूल्य, मान्यताभित्र नपर्ने जिकिर गरे ।

काँग्रेसले संसदीय मर्यादाको ख्याल गर्नुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो । जस्तो विषयमा पनि संसदीय छानबिन समिति गठन गर्दा संसद्को गरिमामा आँच आउने उनको तर्क थियो । ‘कसैले गरेको ठाडो उजुरीको आधारमा, सूचना दिएको आधारमा समिति बनाउनुपर्ने गरी हाम्रो संसदीय मर्यादा त्यति तल झरिसकेको छ र ? यो संसद्को पनि गरिमा छ, यसको महत्त्व छ, यसको बेग्लै पहिचान छ, यसको इतिहास छ, यसको गौरव छ, ‘लामिछानेले भने, यसको गौरवको रक्षा गर्नका लागि दोबाटोमा उठेका हरेक कुराहरूको समिति बनाउने हो भने हुन्छ गरौँ । हामीले त भनेका छौँ नि प्रश्न उठ्ने बित्तिकै, कसैले ठाडो जाहेरी, सूचना, निवेदन दिने बित्तिकै तुरुन्तै सांसदले राजीनामा दिउँ, मन्त्रीले राजीनामा दिउँ, संसदीय समिति बनाउ । हामीले हुन्छ भनिसक्यौँ, नाइँ भनेका छैनौँ ।’

काँग्रेसले सहकारीको समस्या भन्दा पनि व्यक्ति केन्द्रित भएर संसद् अवरुद्ध गरिरहेको लामिछानेको भनाइ थियो । उनले भने, तर, व्यक्तिमा मात्रै केन्द्रित रहने हो भने हामी आएर बनेको हो र रु प्रहरीको अनुसन्धान उहाँहरू सरकारमा भएको बेला भएको होइन र ? त्यो अनुसन्धान गर्ने अधिकारीहरू त्यहीँ हुनुहुन्न होला र ? एउटै कुरा सय चोटि भन्दैमा त्यो सय वटा कुरा होइन, एउटै कुरा हो । त्यस कारण यो संसद्को गरिमा छ । आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौँ ।’

प्रतिक्रिया दिनुहोस