सुनको मूल्य तोलामा छ सयले बढ्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य तोलामा छ सयले बढ्यो


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. छ सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला रु. एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा रु. एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु. एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु. एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार छ सय ८५ निर्धारण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस