२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुगल हिमाल चढ्ने पर्वतारोहीलाई प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे बिदाइ 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल चढ्ने नेपाल र दक्षिण कोरियाका दश पर्वतारोहीलाई बिदाइ गरेका छन् । 

शनिबार जुगल हिमाल चढ्नेलाई दाहालले सफलताका लागि शुभकामना दिँदै ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ मा सहभागीलाई नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर बिदाइ गरे । आजबाट १५ वैशाखसम्म नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले जुगल हिमाल आरोहण यात्रा तय गर्नेछन् । 

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ । सोही अवसरमा ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ आयोजना गरिएको हो । जसमा सात कोरियाली सहित तीन नेपाली सहभागी छन् । 

एक्सपिडिसन कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने दाहालले बताए । ‘नेपाल  र कोरियाको सम्बन्ध यसैपनि राम्रो छ । भोलिका दिनमा सम्बन्ध अझ बलियो र सुदृढ हुने मेरो विश्वास छ ।’जुगल हिमाल आरोहण गर्ने दक्षिण कोरियाले गरेको पहलले जुगल हिमालको पर्यटन प्रर्बद्धनमा निकै ठूलो भूमिका खेल्ने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे । 

‘जुगल हिमाल चढ्ने यो पहलले पर्यटन प्रवर्द्धनमा पनि निकै ठूलो भूमिक खेल्ने मेरो विश्वास छ’ दाहालले भने । 

नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङलगायतकालाई नेपालको शिक्षा क्षेत्रमा कोरियाले राम्रो योगदान गरेको भन्दै धन्यवाद दिएका दाहालले नेपाल र कोरियाबीचमा विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको स्मरण गराए । उनले  नेपालको आर्थिक विकासमा कोरियाको आर्थिक सहयोग रहने अपेक्षा पनि व्यक्त गरे ।

जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त रूपमा आयोजनामा जुगल हिमाल आरोहण तय गरिएको हो । नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल-२ चढ्न लागेका हुन् । 

टोली २५ गते तेम्बाथाङ पुग्नेछ । विश्वका १२ वटा पर्वत चढेर इतिहास रचेका कोरियन नागरिक ओम वोंगिलको नेतृत्वमा टोली जुगल हिमाल प्रस्थान गरेको छ ।

उनीहरूलाई नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङ र कार्यालय टिमले हेलिकोप्टरबाट बेसक्याम्प सम्म पछ्याउँदै पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस