२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली पूँजी पलायन हुन नदिने आपूर्ति मन्त्री भण्डारीको दाबी 

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजीलाई पलायन हुन नदिने बताएका छन् । 

दोलखाको जिरीमा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिन लागेको बताए ।

उनले भने, “नेपालको पुँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छौँ, बाह्य पुँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौँ ।”

मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तिव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताए । उनले लगानीसँग सम्बन्धित कानुन संसदमा छलफलका क्रममा रहेको जानकारी दिए ।

लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ सङ्कल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमानसित नबाझिने गरेर वैदेशिक लगानी भित्र्याइने बताए । उनले नेपालमा पर्यटन, ऊर्जा तथा अन्य स्वदेशी वस्तुको प्रयोग गरेर उद्योग सञ्चालनको वातावरण राम्रो रहेको बताए ।

जनतामा रहेको निराशालाई चिर्दै सरकार आशा जगाउँदै ठोस योजनाका साथ अघि बढेको उल्लेख गर्दै मन्त्री भण्डारीले राष्ट्रिय समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिए । उत्पादन भएका बस्तुले बजार नपाउँदा र पूँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा उनले चिन्ता व्यक्त गरे ।

चालु अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको मन्त्री भण्डारीको भनाइ थियो । तीन तहका सरकारबीच समन्वय गरेर सङ्घीय सरकार अघि बढेको उनले बताए । “उत्पादन अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दैछौँ, ब्याजमा अनुदान दिने कार्यक्रम पनि ल्याउँदैछौ, स्थानीय सरकारसँग समन्वय गरेर प्रविधि हस्तान्तरण कार्यक्रम ल्याउने तयारी छ, सरकारले स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अधिकतम रूपमा नेपाली वस्तु उपभोग गर्ने अभियान सञ्चालन गर्दैछ”, मन्त्री भण्डारीले भने । 

प्रतिक्रिया दिनुहोस