प्रतिनिधि सभा सदस्यका लागि जसपाबाट हसिना खान सिफारिस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रतिनिधि सभा सदस्यका लागि जसपाबाट हसिना खान सिफारिस


२२ चैत्र २०८०, बिहिबार


राजविराज । जनता समाजवादी पार्टीले रिक्त प्रतिनिधि सभा सदस्यका लागि बाँके जिल्लाकी हसिना खानलाई सिफारिस गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले खानलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको प्रवक्ता मनिष सुमनले बताए ।

प्रतिनिधि सभा निर्वाचनमा जसपाको समानुपातिक तर्फबाट सांसद चुनिएकी सहनाज रहमानको २०७९ फागुन १३ मा हृदयाघातबाट निधन भए पछि मञ्जु अन्सारी सांसद भएकी थिइन् ।

अन्सारीको पनि गत चैत ४ गते हृदयाघातबाट निधन भए पछि जसपाको एक समानुपातिक सांसद पद रिक्त थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस