१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरगहना लुटपाटका लागि दम्पतीको हत्या भएको पुष्टि

अ+ अ-

पर्वत । पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । 

पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले लुटपाट गर्ने उद्देश्यले हत्या भएको बताए । उनका अनुसार हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । मृतक कमलाको कानको लोती नै च्यातेर रिङ निकालेको पाइएको छ । सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरू फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको जस्ता दृश्यले लुटपाटकै कारण हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । 

प्रनाउ भुसालका अनुसार मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको छ  । धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरिएको उनले बताए । “लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ”, उनले भने, “अहिलेसम्म हत्यामा संलग्न आरोपी पक्राउ भने परेका छैनन् ।” हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ ।

भुसालले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । प्राविधिकतर्फ गण्डकी प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको र ‘म्यानुअल’तर्फ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । हत्यामा संलग्नले मोबाइल नबोकी आएका कारण खोजी कार्यमा केही कठिनाइ भएको उनले बताए। 

सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गर्दै आएका थिए । जिसीका दुई छोरा दक्षिण कोरियामा छन् । जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ । शंकास्पदसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

मृतक दम्पतीको शव परीक्षणका लागि म्याग्दी अस्पतालमा राखिएको छ । कोरियामा रहेका दुई छोरा आज रातिसम्म आइपुग्ने भएकाले भोलिमात्र शव परीक्षण गरिने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस