२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०२६ को एसियाली खेलकुदमा स्वर्ण र कम्तीमा १० पदकको लक्ष्य 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले सन् २०२६ को एसियाली खेलकुदमा स्वर्ण पदकसहित कम्तीमा १० वटा पदक जित्ने लक्ष्य रहेको बताएका छन् ।

राखेपको वार्षिक उत्सव कार्यक्रममा उनले मिसन २०२६ सुरु गरेको भन्दै स्वर्ण पदक र कम्तीमा १० पदक जित्ने लक्ष्य सुनाएका हुन् ।

उनले खेलाडीले खेलेर के पाइन्छ भन्ने प्रश्नको अन्त्य गर्दै ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीलाई १ करोड ३० लाख रुपैयाँ पाउने गरी कानुनी व्यवस्था नै गरिएको बताए ।

सदस्य सचिव घिसिङले आफूहरूले नेसनल ट्रेनिङ सेन्टरको पूर्वाधार निर्माणमा बढी प्राथमिकता दिएको पनि बताए । ‘नेशनल ट्रेनिङ सेन्टर सबै खेलका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । उचित आहार र बसोबास सहित अगाडि लान सकेमा मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ’ उनले भने ।

उनले मन्त्री निवास भैंसेपाटीमा तयार भइरहेकाले खाली हुँदै गरेको पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवासमा परिणत गर्ने प्रस्ताव गरेको सुनाए ।

सदस्य सचिव घिसिङले १० औँ राष्ट्रिय खेलकुदको पनि तयारी राम्रो भएको बताए । विद्यालयस्तरमा खेलकुदको पाठ्यक्रमको अनिवार्य पठनपाठनको लागि राखेपले जोड दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस